रक्षामन्त्री डा. मिनेन्द्र रिजालले जङ्गी अड्डाको निरीक्षण गरेका छन् ।
आइतबार रक्षा मन्त्री रिजाललाई प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गरेका थिए ।
त्यस्तै प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताएका थिए ।उनले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे । उनले नेपाली सेनाले प्राथमिकतामा राखेका कामको कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्