देविघाट । देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ । सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरा जाँदा अवरुद्ध भएको थियो । देवघाट गाउँपालिका–४ का युवाका सक्रियतामा पहिरो पन्छाउने काम सम्पन्न भएको थियो ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको थियो । सो सडक खण्डलाई सरकारले वैकल्पिक राजमार्गका रुपमा विकास गर्न लागेको छ । जिल्लाका देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका र तीन प्रदेश छुने भएकाले सो सडकलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न प्राथमिकता दिइएको हो । सो सडकले ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र प्रदेश नं ५ को पाल्पासम्म जोड्ने छ ।
–रासस
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्