सुर्खेत । प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बिसी, सोही नगरपालिका २ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय र २३ वर्षीय बखत बि क रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुुसार प्रहरीले उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार चारसय असि रुपैयाँ नगद समेत बरामद गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारि दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्