काठमाडौँ । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उनको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दसैँअघि बिरामी भएका प्रनाउ तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पु¥याइएको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्