ताप्लेजुङ । नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ ।
डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताए । आँखाको उपचार गर्नका लागि दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्