इनरुवा । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिएका छन् ।
दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्