काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स युएईको आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको हो ।
पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ ।
विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन । छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भूटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्