काठमाडौँ । नेकपा एमालेको जारी स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पादकसँगको छलफल कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि स्थगित गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठक साढे ३ बजे पुनः ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ । बैठक दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम तथा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा राखिएको छ ।
महाधिवेशनमा यसअघि एक हजार १९९ जना प्रतिनिधि चयन भइसकेका छन् । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्