काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे ।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मी ९१८२९० र गोकर्ण केसी ९१९२२०, सचिवमा इन्द्रबहादुर थापा ९१९१५० र गोविन्द पुडासैनी ९१८१७० र सहसचिवमा रोमेल श्रेष्ठ ९१७७५० र प्रा डा अमिता प्रधान ९२०६६० मत ल्याई निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौँ कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्