दोलखा – दोलखाको तामाकोसी गाउँपालिका को झुले मा घरभित्र निसास्सिएर ६ दिने नवालक सहित तीन जनाको मृत्यु भएको छ ।
सुत्केरी सेकाउन आगो वालेर झ्यालढोका थुनेर सुतेका सुत्केरी, उनका श्रीमान र नावालक विहान मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा २७ वर्षिय श्रीमान श्याम तामाङ अन्दाजी २५ वर्षिया सुत्केरी महिला अम्विका तामाङ, उनका ६ दिने नवालाक रहेको वडा सदस्य नानीकाजी तामाङले जानकारी दिए ।
उनीहरुको निसास्सिएर मृत्यु भएको स्थानीयले बताएका छन् । घट्नास्थल पुगी घट्नाको अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्