काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायीत्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताए का छन् ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायीत्व भएको भन्दै यसले मात्र मुलकको बिकास र स्वतन्त्रताको रक्षा गर्न सकिने बताए ।
उनले देश बनाउने सपनालाई अघि बढाउनका लागि राजनीतिक स्थायीत्व रहेको र यसलाई कमजोर पार्न नहुने जिकिर गर्नुभयो । पोखरेलले जनप्रतिनिधिले जनतालाई सेवा दिने कुरामा पनि ध्यान केन्द्रीत गर्दै जनतासंग गरिएका प्रतिवद्धतालाई व्यहारमा लागू गर्नुपर्ने धारणा राखे ।
सवै दलले जनताको जिवनसंग गासिएका बिषयलाई आफ्नो कार्यक्रम बनाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा ज्येष्ठ नागरिकका साथै नगरपालीकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्