काठमाडौँ । काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मंगलबार बिहान आकाश भैरवको मूर्ति चोरी भएको छ । मंगलबार बिहान साढे १२ बजेतिर मन्दिरमा रहेका दुईवटा मूर्तिमध्ये आकाश भैरवको मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले जानकारी दिएको छ ।
मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै प्रहरीले करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति ४ र ५ वटा मोटरसाइकलमा आएको समूहले उठाएर लगेको बताएका छन् । आफूलाई ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पनि पुजारीले बयान दिएको प्रहरीले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्