भक्तपुर । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।
यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् । यही मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्