ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको दावी गरेका छन् ।
बुधबार ललितपुरमा एमालेका मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउदै अध्यक्ष ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमतिका बिषयमा जानकारी पनि गराउनुपर्ने बताए । सहमति पछि नै ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको उनको तर्क छ । त्यस्तै ओलीले कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने काम गरेको आरोप लगाए । अहिले मुलुकमा अस्थीतरता निम्ताउने काम भएको भन्दै अस्थिरताको नायक प्रचण्ड र माधव कुमार नेपाल आएको बताए ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले साम्राज्यवादको विकसित रुप सेयर बजार भन्ने प्रचण्डको अभिव्यक्तिकै कारण दुई दिनमै सेयर बजार धरासयी बनेको टिप्पणी गरे । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको ओलीले आरोप लगाए ।
उनले आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बनाउन सवैले भूमिका खेल्नुपर्ने र मनोनित केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिइने बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्