काठमाडौँ । नेपालमा बिहीबार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार २ सय ३० पिसिआर परिक्षणका क्रममा १६० जना र ३ हजार ७ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ८ हजार ८३ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्