काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले महाधिवेशनबाट निर्वाचित सभापति देउवासहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका हुन् । भेटका अवसरमा उहाँहरुबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्