काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।
रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको भन्दै पुस्तान्तरणको युग सुरु भएको दावी गरेका हुन् । पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उहाले बताए ।
उनले अहिले १४औं महाधिवेशनमा पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको बताए । परियारले पार्टीको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै आफूहरु अघि बढिरहेको जिकिर गरे । परियारले आफू पार्टीको सहमहामन्त्री भैसकेपछि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नको लागि केही एजेण्डा अघि सारेको जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्