लमजुङ । जिल्लामा सात हजार ७५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि सुरु भएको परिचयपत्र बनाउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रका अनुसार पुरुष चार हजार ३८८ तथा महिला तीन हजार ३३८ ले राष्ट्रिय परिचयपत्र बनाएका हुन् । चालू आर्थिक वर्ष २०७८-७९ को साउनदेखि हालसम्म दुई हजार ३७६ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । यीमध्ये ९८७ महिला र एक हजार ३८९ पुरुष छन् । त्यस्तै, गत आवमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । यीमध्ये महिला दुई हजार ३८१ र पुरुष दुई हजार ९९९ रहेको मिश्रले बताए ।
चार÷चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले परिचयपत्र बनाउँदै जिल्लामा अभियानको सुुरुआत गरेका थिए । परिचयपत्रमा व्यक्तिगत र जैविक बायोमेट्रिक गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । सोह्र वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्