काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने प्रतिवेदन पेश गरेका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको प्रवक्ता महराले जानकारी दिए । बैठकमा केहि पार्टीहरु माओवादीमा समाहित हुने बिषयमा पनि छलफल भएको उनले बताए ।
माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्