काठमाडौं। प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना विचौलियालाई पक्राउ गरेको छ ।
लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्