पाल्पा . पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा नं–६,अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको गएराति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जङ्गलमा एक्लै नजान आग्रह गरेको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्