काठमाडौँ । कुमारी बैंक लिमिटेडलाई सबै सिस्टम ह्याक गर्ने ह्याकरको धम्की आएको छ ।
बैंकको सूचना प्रविधि शाखामा बैंकको सबै सिस्टम ह्याक गरिदिने साउदी ग्रुप नाम गरेको इमेलबाट चेतावनीसहितको धम्की आएको थियो । सो इमेलबाट सबै सिस्टम ह्याक गर्ने धम्की आएपछि बैंकले आज बिहीबार सबै सिस्टम बन्द गरेको छ । धम्की दिने ह्याकरको खोजीकार्य भईरहेको छ । बैंक स्रोतका अनुसार कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न नसकिएको र अहिलेसम्म बैंकको सबै सिस्टम ठीक रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्