इलाम । इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो ।
शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको उपचार गरिएको नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाका अध्यक्ष मित्रप्रसाद गौतमले जानकारी दिए ।
शिविरमा डा पिताम्बर ठाकुर, डा आनन्दराज खनाल, डा मेघना तिवारी, डा सिपी यादव, डा योगेन्द्र राउत, डा सन्ध्या भट्टराईलगायत चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको गौतमले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्