डोटी । साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको वडा नं२ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो ।
स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकूद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्