काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३(०२(०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो । सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्