नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका हुन् । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढङ्गबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्नका लागि आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडूवालले जानकारी दिए ।
झण्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा सङ्घमा आवद्ध हुँदै नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय सहभागी बडूवालका जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाई स्थानमा जिताउने प्रयत्न गर्नेलगायत एजेण्डा छन् । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्