रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठांै जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन् । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्