पोखरा । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
आईतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गर्नु भएको हो । उनले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको पनि स्मरण गराए ।
अध्यक्ष अन्सारीले भने , ‘विगत लामो समयदेखि मुस्लिम समुदाय देशको राम्रो प्रगतिको काममा, देशको उन्नति, प्रगति, समृद्धिको लागि अघि बढेको समुदाय हो । मुस्लिम समुदाय आफ्नो हक, अधिकारको लागि मात्रै नभएर देशको भलो र विकासका लागिपरेको छ । यो सरकारले मुस्लिम र पीडित समुदायका लाग थप मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।’
अध्यक्ष अन्सारीले संविधानमा सबै वर्गको आरक्षणको व्यवस्था गरिए सो अनुसार काम हुन नसकेको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्