काठमाडौँ । सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ । ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ।
१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र वा घुम्ती मोबाइल खोप केन्द्रमार्फत् २०७८ चैत मसान्तसम्म पूर्ण मात्रामा खोप लगाइसकिने जारी आदेशमा भनिएको छ । हालसम्म कुल जनसंख्याको ३९. ९ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएका छन् भने ५२.१ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाएका छन् । नेपालमा हालसम्म झन्डै साढे चार करोड डोज खोप भित्रिएको छ । जसमा २ करोड ८० लाख डोज लगाइसकिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्