काठमाडौं । काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थीले आन्दोलन गरेका छन् । कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भने, ‘विद्यार्थीहरूले परीक्षा भौतिक रूपमा नभई अनलाइन सञ्चालन गर्नुपर्ने माग राखेका छन्। धक्काधक्की गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको गाडीमा पनि उनीहरूले धावा बोलेछन् । यसअघि प्रहरीले ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो। हाल पक्राउ पर्नेको संख्या ११ पुगेको छ । पक्राउ पर्नेमा दुई जना महिला छन् ।
दिउँसो १ बजेदेखि सुरू हुने एलएलबी चौथो वर्षको परीक्षा विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले बताएको छ । विद्यार्थीहरूले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको भन्दै नाराबाजी गरेका छन्। उनीहरूले व्यंग्यात्मक शैलीमा नाराबाजी गरेका हुन्। विद्यार्थीहरूमाथि बल प्रयोग गरेकोबारे जानकारी आइनसकेको प्रहरी उपरीक्षक मैनालीले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्