काठमाडौँ । नेपालमा बुधबार ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशभर गरिएको १८ हजार ७८ पिसिआर परिक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ ।
त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् । हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्