काठमाडौँ । खराब मौसमका कारण आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको छ । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् ।काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रगढी, सुर्खेत, पोखरा र तुम्लिङटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्