काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको बिए एलएलबी चौथो सेमेस्टर तहको परीक्षा अनलाईन मध्यमबाट हुनुपर्ने भन्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
बिना तयारी भौतिक रुपमा परिक्षा लिदा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले अनलाईनबाट परिक्षा लिनुपर्ने भन्दै बिद्यार्थीहरुले बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा लिन लागेको आरोप पनि लगाएका छन् ।
कलेज कै कारण बिद्यार्थीहरु आफु र आफ्ना परिवारलाई समेत कोरोना सर्ने खतरा सिर्जना भएकाले बिरोध गर्नुपरेको गुनासो उनीहरुले गरेका छन् । आफुहरुका मागका बारेमा सरोकारवालाई भन्न खोज्दा प्रहरीले रोकेको आरोप उनीहरुले लगाएका छन् । बिद्यार्थीहरुले परिक्षा रोकेर बिरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्