काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताएका छन् ।
नेपाल चलचित्र युवा मञ्चले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा गुरुङले विश्व ध्रुविकरण भइरहेका बेला आन्तरिक र बाह्य रुपमा हुनसक्ने सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताएका हुन् । मुलुकमा सवै भाषा, संस्कृतिलाई समान अधिकार दिने क्रममा भाषा, संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । नेता गुरुङले राष्ट्र निर्माणको लागि सवै भाषा धर्म र संस्कृतिको सम्मान गर्न सके राष्ट्रिय एकता कायम हुने जिकिर गरे ।
कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्