काठमाडौँ । निर्वाचन आयोगले ३ राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको हो ।
नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए । आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् । प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो ।
लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्