वीरगञ्ज । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा आदर्शकोतवाल गाउँपालिका ३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको घटनास्थलमै मृत्यु भएको हो । १२ घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्चेको हो । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्