जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडीलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा तोडफोड गरेका छन् ।
तोडफोडका क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम जादै गरेका गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्