काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै बुधबार पनि बिरोध प्रदर्शन भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघले वन परिसर बबरमहलमा विरोध प्रदर्शन गर्दै सामुदायिक वनको अधिकारमा असर पर्ने ऐन हटाउन माग गरेको हो । सरकारले सामुदायिक वन क्षेत्रमा विभिन्न नामका संरक्षित क्षेत्रहरूको घोषणा र विस्तार गरी सामुदायिक वनलाई असर पारेको भन्दै आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।
विरोधमा सहभागीहरुले सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, बाग हाती जोगाउने नाममा जनता नमार, अव्यवहारिक मापदण्ड अन्त्य गर लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए । सामुदायिक वनमा तेहेरो कर लगाउने र वन पैदावारको सदुपयोगमा रोक लगाउने काम बन्द गर्नुपर्ने उनीहरुको भनाई छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्