काठमाडौँ । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौं जना कर्मचारीहरु, नौं वटा सिमेन्ट कम्पनी र अन्य नौं वटा कम्पनीका संचालकहरुसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा बुधबार अपरान्ह मुद्धा दायर गरेको हो । महानिर्देशक घिमिरेको हकमा १ अर्व २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन । आएको देखिदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदावी सहित मुद्धा दायर गरिएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।
चुनढुंगा अनियमिततामा संलग्न रहेको अभियोगमा सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिद्धार्थ मिनरल्स, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाईट चुनढंगा उद्योगविरुद्ध समेत मुद्धा दायर गरिएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को कसुर बमोजिम सजाय हुन अख्तियारले दायर गरिएको मुद्धामा मागदावी गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्