पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ ।
कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका अन्य सेवा स्थगित गरिएको हो । शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका आवश्यक कार्य बाहेक सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । आजदेखि यही माघ २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्