शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा रोड साइड ड्रेन निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको पाइएपछि हटाउन निर्देशन दिइएको छ ।बन्साहा, कलुवापुर, दोमिल्ला जोडने सडक खण्डअन्र्तगतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा प्रयोग भएका बालुवा, इट्टालगायतका निर्माण सामग्री गुणस्तरहीन पाइएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीलाई हटाउन निर्देशन दिएको हो ।
निर्माण कम्पनीलाई पत्राचार गर्दै कार्यालयले स्थलगत सुपरीवेक्षण र अनुगमनका क्रममा सडकको चेनेज ७५००, बेलडाँडी क्षेत्रमा निर्माणाधिन रोड साइड ड्रेनमा प्रयोग भएको बालुलासहितका सामग्री तोकिएको मापदण्ड र स्वीकृत टेक्निकल स्फेसिफिकेसन बमोजिम नरहेकाले सम्झौता बमोजिमको कार्य गर्न निर्देशन दिएको छ ।
“जनप्रतिनिधि र स्थानिय बासिन्दाबाट ड्रेन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको गुनासो आएपछि निरीक्षण गरेका छौं”, पूर्वाधार विकास कार्यालयका प्रमुख दिपक नेगीले भने , “निर्माण कम्पनीलाई तत्काल मापदण्डले तोकिएका बमोजिमका निर्माण सामग्री हटाउन भनेका छौं, नहटाएर अटेरी गरी कार्य गरे प्रचलित कानुनअनुसार कारवाही हुन्छ ।” –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्