काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बिहिबार १४ दशमलव ५८ अंकले घटेको छ । बिहिबार नेप्से परिसूचक मंगलबारको तुलनामा १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ विन्दुमा पुगेको हो ।
बिहिबार कुल २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैया भन्दा माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
त्यसैगरी यता सबै भन्दा कम कारोबार एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्