काठमाडौं । काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकूल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।
जसले गर्दा उडानरअवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ । बुद्ध एयरका अनुसार गन्तव्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ ।
विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन् । जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्