सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
आज बिहान ७ बजे प्र।२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पु¥याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्