काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ ।
.सोमबार सिंहदरबारमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भूसाललाई ज्ञापन पत्र बुझाउदै अनेरास्ववियुले इन्धनको मूल्यमा बृद्धि भइरहेको अवस्थामा तत्काल बिद्यार्थीहरुलाई निशुल्क इन्डक्सन चुलो वितरण गर्न माग गरेको हो । संगठनले सरकारले इन्धनको मूल्यबृद्धि गर्नमात्र नभई यसका अरु बिकल्पबारे योजना बनाउनुपर्ने जनाएको छ । त्यस्तै बिधुतिय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन पनि संगठनले मन्त्री भूसालको ध्यानाकर्षण गराएका छन् ।
नेपालमा बिधुतको उत्पादनमा जोड दिन सकिए सस्तोमा जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्त आधारहरु रहेको अनेरास्ववियुको भनाई छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्