रुकुम । हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न सकेका छैनन् ।
सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् । कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेनि यसै समयमा हिमपातको कारण सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ ।
यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ । सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्