काठमाडौं । नेपाल खेलकुद महासङ्घका संयोजक पर्शुराम बस्नेतले खेलकुदको क्षेत्रको नीति निर्माण गर्न पहलकदमी लिने बताएका छन् । मंगलबार काठमाडौंमा पदबहाली गर्दै बस्नेतले खेल क्षेत्रलाई सुधार गर्नुपर्ने भन्दै यसका लागि नीति निर्माण गर्न पहलकदमी लिने बताए ।
उनले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने बताए । त्यस्तै महासंघको अधिवेशनमा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने उनले जानकारी दिए । सो अवसरमा यसअघिका संयोजक रमेश पौडेलले पद हस्तान्तरण गरेका थिए । एमाले केन्द्रीय सदस्य मनोनित भएपछि संयोजकको जिम्मेवारी बस्नेतले पाउनुभएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्