काठमाडौं विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका मौसा अबागानाले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा मिडफिल्डर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए , त्यसपछि खेलको ७० औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्