काठकाडौं । प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका–८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले टोखा नगरपालिका–९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन गर्न लागेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका क्षेत्रीको साथबाट २४० ग्राम पित्त बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारको जिम्मा लगाइएको महतोले बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्