Skip to content

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी, फागुन ६ गतेसम्मका लागि स्थगित

कालोपाटी

४ वर्ष अगाडि

करिब पाँच मिनेट सम्मका लागि मात्र बसेको प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

नेकपा एमालेले नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।

फोटो : फाइल

प्रतिक्रिया दिनुहोस्